चितवनमा भोलिदेखि खोप लगाईदै

चितवन, ३१ असार ।
चितवनमा भोलि (शुक्रबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय चितवनले खोप लगाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । साउन १ गतेदेखि ३ गतेसम्म जिल्लाका सबै स्थानीय तह अन्तरगतका वडाका स्वास्थ्य संस्थाको खोप केन्द्रहरुमा खोप लगाउने अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिनु भयो । उहाँले टाँढा टाढाँका सबै खोप केन्द्रमा आजै खोप पु¥याई सक्ने बताउनु भयो । उहाँले तीन दिनको खोप अभियानमा ५० हजार लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखिएको बताउनु भयो । अहिले स्वास्थ्य कार्यालयसंग ४० हजार डोज खोप उपलब्ध छ । बाँकी आवश्यक खोप मन्त्रालयले छिट्टै पठाउने आश्वासन दिएको तिवारीले बताउनु भयो ।
यो तीन दिने अभियानमा चीनबाट ल्याइएको भेरोसिल खोप लगाइने छ । यस खोप ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्धको पहिलो खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई लगाइने प्रमुख तिवारीले बताउनु भयो । यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरु, सार्वजनिक सवारी चालक लाइसेन्स र सहचालकहरु, पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरु, अक्सिजन उत्पादन गर्ने उद्योग, औषधि उपात्पदन गर्ने उद्योगका कर्मचारीहरु र यसअघि लगाउन छुटेका अतिआवश्यक सेवा प्रवाह गर्ने समूहमा परेका स्वास्थ्यकर्मी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संस्थान र जनप्रतिधिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया