चितवनमा मगर गोहीको आक्रमणबाट ३५ वर्षिय पुरुषको मृत्यु ।

चितवन, २४ जेठ ।
चितवनमा मगर गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारा भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो ।
बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा रहेको निकुञ्जको सुचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनु भयो ।
बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको आशंका गरिएको छ । अहिले सम्म चितवन निन्कुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको भैसकेको छ ।
तपाइँको प्रतिक्रिया