चितवनमा मुद्धा फछ्र्यौट दर बढ्यो

राजेन्द् आचार्य
चितवन, ३१ असार । जिल्ला अदालत चितवनले लक्ष्यभन्दा बढी मुद्धा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षमा ७४.३१ प्रतिशत मुद्धा फछ्र्यौट भएको छ । गत वर्ष ६९.८१ प्रतिशत मात्रै फ्छ्र्यौट भएको थियो । यही दर आर्थिक वर्ष २०७०÷७१ मा ६०.५५ प्रतिशत थियो । जिल्ला न्यायाधीश टेकनारायण कुवरले दर्ता भएको एक वर्ष्भित्रै मुद्धाको किनारा लगाउन लागिपरेको बताए ।
कार्यालयमा ४७ जना कर्मचारी कार्यरत छन् । ६ जना न्यायाधीशले मुद्धा किनारा लगाउने गर्दै आएका छन् । अदालतमा असारमा मात्रै १ सय ९७ नया मुद्धा दर्ता भएको थियो भने ५ सय ८ थान मुद्धाको किनारा लागेको थियो । चालु आर्थिक वर्षको अन्त्यसम्मका अझै ३ प्रतिशत वृद्धि हुने अनुमान छ । वार्षिक ६० प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य रहेको थियो । गतवर्ष फैसला हुन नसकेका १ हजार ७८ मुद्धाको जिम्मेवारी यो वर्षलाई सरेको थियो । यो वर्ष ३ हजार १ सय ४७ मुद्धा नया दर्ता भएका थिए ।
यो वर्ष ३ हजार १ सय ४० मुद्धा फ्छ्र्यौट भएकोमा गतवर्ष २ हजार ३ सय ७० मुद्धा फछ्र्यौट भएका थिए । अदालतको विगत ५ वर्षको तथ्यांक केलाउँदा मुद्धा दर्ता हुने क्रम बढ्दै गएको छ ।पूर्व सुनुवाइ लागू गर्ने देशकै एक मात्र कार्यालय रहेको उनले जानकारी दिए । बलात्कार, अपहरण, मानवबेचविखन, चोरी, लागूऔषधलगायतका मुद्धा दर्ता भएलगत्तै बढीमा १० दिनभित्र फैसला गर्न लगातार सूनुवाइ प्रक्रिया सुरु गरेकाले फछ्र्यौट दर बढेको छ । लगातार सुनुवाइका माध्यमबाट २ सय ३८ मुद्धामध्ये २ सय १६ वटा फैसला भइसकेका छन् भने २२ वटा प्रक्रियामा छन् । आर्थिक वर्ष २०६७÷७८ मा १ हजार ६ सय १२ मुद्धामध्ये १ हजार १२ मुद्धा फछ्र्यौट हँुदा ६२ दशमलव ७७ प्रतिशत मुद्धा फछ्र्यौट भएको थियो । २०६८÷६९ मा २ हजार १ सय ५६ मुद्धामध्ये १ हजार ३ सय ८६ मुद्धा किनारा लाग्दा ६४ दशमलव २८ प्रतिशत मुद्धा फछ्र्यौट भएको थियो । २०६९÷७० मा २ हजार ४ सय ४४ मुद्धा मध्ये १ हजार ५ सय ८६ मुद्धा फछ्र्यौट हुँदा ६४ दशमलव ८९ प्रतिशत पुगेको छ ।
अदालतमा जेठ मसान्तसम्म फैसला हुन बांकी रहेका १ वर्षमाथिका ७१ मुद्धामध्ये २ वर्ष नाघेको द्वन्द्वकालीन एक मात्र मुद्धा विचाराधीन छ । चालु आर्थिक वर्षमा मेलमिलापका लागि पठाइएका २ सय मुद्धामध्ये ६२ थान मुद्धा बेन्चमै फर्किएका थिए भने ९९ मुद्धा किनारा लागेका छन् भने ४३ मुद्धा प्रक्रियामा छन् ।
तपाइँको प्रतिक्रिया