चितवनमा विद्युत् चुहावट नियन्त्रण अभियान तिब्र, एकैदिन २४ कार्वाहीमा, ८१ ह्जार रुपैया राजश्व संकलन

राजेन्द्र आचार्य
चितवन, १४ बैशाख । चितवनमा फेरि विद्युत् चुहावट नियन्त्रण अभियान तीव्र पारिएको छ । जिल्लामा बढ्दो मात्रामा विद्युत् चोरी गर्ने क्रम बढेपछि नेपाल विद्युत् प्रधिकरण भरतपुर र रत्ननगर वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियान तीव्र पारेको हो ।
हामीले विद्युत् चुहावट गर्न गत अभियान मार्फत निकै ठुलो सफलता मिलेको थियो–भरतपुर केन्द्रका ईन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भने । चुहावट बढेको गुनासा आए, सोही अभियानलाई थप प्रभावकारी बनाउन फेरि अभियान सुरु गरेका हौं ।
सोही अभियान अन्र्तगत मंगंलबार भरतपुरको विभिन्न ठाउंमा विद्युत् चोरी गर्ने २५ जना पक्राउ गरि कार्वाहीका लागि जिल्ला प्रहरी कार्यलय पठाएको पौडेलले जानकारी दिए ।
बिद्युत प्राधिकरणका कर्मचारी ,स्थानिय समाजसेवी ,पत्रकार ,शसस्त्र प्रहरी र जनपथ प्रहरीको सहभागितामा भएको अभियानबाट मंगलबार मात्रै ८१ ह्जार रुपैया राजश्व संकलन गरिएको लेखा अधिकृत भगवान ढकालले बताए । बिद्युत चोरी निरीक्षण कार्यक्रम निरन्तर रुपमा अगाडी बढाइने प्राधिकरणले जनाएको छ ।
तपाइँको प्रतिक्रिया