चितवनमा सरकारी अनुदानको कम्पोष्ट मल उत्पादनमा दुरुपयोग गर्नेहरु सक्रिय

प्रकाश सिग्देल
चितवन, २ असार ।
कम्पोष्ट मल उत्पादनको नाममा सरकारी अनुदान लिई अनुदान रकमको दुरुपयोग गर्ने गिरोहनै चितवनमा सक्रिय रहेको पाइएको छ । चितवनमा २ वटा कम्पनीले मल उत्पादन गर्ने भन्दै अनुदान लिएर सरकारी रकमको दुरुपयोग गरेको भेटिएको हो ।
उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको अनुगमनका क्रममा चितवन जिल्लामा मल कारखाना सञ्चालनका लागि अनुदान लिएका प्राङगारिक कृषि उत्पादन केन्द्र फुलबारीका सञ्चालक चन्द्र अधिकारी , श्री मनकामना एग्रो अर्गानिक फटिलाईजर उद्योग प्रालि पिठुवाका सञ्चालक राधाप्रसाद श्रेष्ठ र उनको टिमले अनुदान रकमको दुरुपयोग गरेको पाइएको हो ।
प्रांगारिक कृषि उत्पादन केन्द्र फुलबारीका सन्चालक चन्द्र अधिकारीले दुई पटक गरी ५१ लाख ८२ हजार ५ सय रुपैयाँ अनुदान लिएका छन् भने श्री मनकामना एग्रो अर्गानिक फटिलाईजर उद्योगका सन्चालकले १० लाख रकम अनुुदान लिई अनुदान रकमको दुरुपयोग गरेको पाइएको हो । चन्द्र अधिकारीको प््रााङगारिक कृषि उत्पादन केन्द्र त अहिले न्ोपाल ईन्टिग्रेटेड मोडल एग्रो फम प्रालिमा परिवर्तन भएको पाइएको छ ।
उनले कारखाना बिक्री गरेपछि त्यसको नाम परिर्वतन समेत भईसकेको छ । आफुले कारखाना भाडामा दिएको र आफनो नामबाट अनुदान ल्याएकाले कम्पनीको नाम परिर्वतन हुदैमा केहि फरक नपर्ने चन्द्र अधिकारीको तर्क छ । यता उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले भने यसरी राज्यकोषको दुरुपयोग गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गरी अनुदान रकम राज्यले असुल गर्नु पर्ने बताउनु हुन्छ ।
त्यस्तै श्री मनकामना एग्रो अर्गानिक फर्टिलाईजर उद्योगका उपकरण भने पुरै काम नलाग्ने अवस्थामा पुगेका छन् । माटो ब्यवस्थापन निर्देशनालयबाट प्राङगारिक मल उत्पादन कारखाना सञ्चालनका नाममा उनीहरुले अनुदान लिएका हुन् । अनुदान सिफारिस गर्ने निकायले पनि आर्थिक चलखेल गरी पहुँचकै भरमा अनुदान सिफारिस गरेको आरोप उपभोक्ताकर्मीको छ ।
तपाइँको प्रतिक्रिया