चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने

चितवन, बैशाख ४
सरकारले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण तिरिदिने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण मात्र सरकारले तिर्ने भएको हो । सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो । उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ । साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ । जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको ती मन्त्रीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया