चितवन एन.पी.आई. फाउन्डेसन गठन

चितवन,२१ भरतपुरमा भएको एक भेलाले लायन्स क्लब अफ चितवन एन.पी.आई. फाउन्डेसन गठन गरेको छ । शिवप्रसाद सुवेदीको अध्यक्षतामा २२ सदस्यीय फाउण्डेसन गठन गरिएको हो । प्रथम उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, द्वितीय उपाध्यक्षमा सुलभ अधिकारी, तृतीय उपाध्यक्षमा दीपक तिवारी, सचिवमा खिमानन्द सुवेदी, सहसचिवमा केशव न्यौपाने र कोषाध्यक्षमा शरद सुवेदी चयन भएका छन् । कार्यक्रम लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईले उद्घाटन गरेको थिए । सो कार्यक्रममा लायन्स क्लब अफ चितवन युथको स्पोन्सरसिपमा गठन भएको उक्त क्लबमा एन.पी.आई. तथा यु.टेक कलेजमा कार्यरत २२ जना सदस्यहरु रहेका छन् ।
तपाइँको प्रतिक्रिया