चितवन गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आर्मी र सिमरा आज भिड्दै

चितवन,३०,भदौ । नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल आज (बिहीबार) हुँदैछ ।
अन्तिम क्वाटरफाइनलमा आज उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब र नव जनजागृती युवा क्लब सिमरा भिड्दैछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
विभागीय टोली आर्मीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । आर्मी आज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । उता पहिलो खेलमा मकवानपुर ११ विरुद्ध सहज जित निकालेको सिमरा आज उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।
आजको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ । यस अघि केटीएम सिटी मनाङ एफसी, एभिनर एफसी क्यामरुन र सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले सेमिफाइनलमा स्थान बनाईसकेकेका छन् ।
गोल्डकपमा शुक्रबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
तपाइँको प्रतिक्रिया