चितवन ग्रिन लायन्स क्लवको आयोजनामा एजुकेशन फायर

बिबेक भण्डारी भाद्र ६, नया युगको नया सोचाइ , स्वदेशि शिक्षा हाम्रो रोजाइ भन्ने नारा सहित चितवन ग्रिन लायन्स क्लवको आयोजनामा एजुकेशन फायर अर्थात शिक्षा मेला आयोजना हुने भएको छ । यहि भदौ १५ गते देखि १७ गते सम्म चितवनको होटल रोयल सेन्चुरीमा आयोजना हुने मेलामा स्वदेशि शैक्षिक संस्थाहरुको सहभागिता , करियर काउन्सेलीङ्घ तथा सेमिनार , विज्ञान तथा प्रविधि प्रर्दशनि , मोटिभेट ग्रेष्ट स्पीकर , फुड स्टलहरु रहने आयोजकले जनाएको छ।एजुकेसन फेयरका ब्रण्ड एनभेष्टर रिपोटस क्लवका अध्यक्ष एवम पत्रकार क्रृषि धमला रहनुभएको समेत आयोजकले जनाएको । यस कार्यले युवा तथा शिक्षा प्रमिको उद्देश्य र सिप विकासमा समेत टेवा पुग्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा चितवन ग्रिन लायन्स क्लवका अध्यक्ष लायन दिपक चन्द्र भट्टराईको अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया