चितवन जिविस मुलुककै पहिलो ‘वातावरणमैत्री’ जिविस घोषित , भदौमा प्रतिवेदन नआए स्थानिय चुनाव हुदैन् :उप्रधानमन्त्री थापा
राजेन्द्र आचार्य
चितवन, २६ असार । जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस घोषित भएको छ । उपप्रधान तथा सघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले घोषण गरेका थिए । सो अवसरमा बोल्दै थापा सरकारी कार्यालय नै यसरी वातावरणमैत्री बनेको बधाई दिदै यसलाई पूर्ण कार्यानवन्य गर्र्नुपर्ने बताए । पहिलो हुनु मात्रै ठूलो कुरा होईन् उनले भने । जिल्लालाई नै सरसफाईमा नमुना बनाउनुपर्छ ।
उप्रधानमन्त्री थापाले जिविस चितवन परिसर भित्र रहेको महिलाले कूचोले सरसफाई गरेको मूर्ती अनावरण गरेर जिविस चितवन वातावरमैत्री घोषण गरेका थिए । उनले देशलाई विशवको वातावरमैत्री देश बनाउन सबै नेपालीहरु ऋभियान निरन्तरता दिनुपर्ने बताए ।
सरकारले २०७० सालदेखि ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ अनुसार नेपाल सरकारका कार्यालयमा चितवन जिविस पहिलो ‘वातावरणमैत्री’ जिविस घोषित चितवनका स्थानिय विकास अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले सोही कार्यक्रमअन्तर्गत तीन वर्षको अथक प्रयासमा सबै सूचक पूरा गरि यो सफलता मिलेको बताए ।
कार्यालयले वातावरणमैत्री हुनलाई मुख्यगरी १० मुलुक सूचक र ४४ विस्तारित सूचक पार गरी सरसफाइ, कार्यालय भवन मर्मत, सौन्दर्य र हरियाली, फोहर व्यवस्थापन, ऊर्जाको प्रयोग, सवारीको प्रयोग, सेवाग्राहीलाई प्रतीक्षालय, शौचालय, भवन सुरक्षा र चमेना गृह व्यवस्थानलगायत मूल सूचक रहेको छ।
कार्यालयमा कुहिने र नकुहिने फोहरलाई अलग अलग भाँडोमा राखेर व्यवस्थापन गरि क्यान्टिन र प्रतीक्षालय समेत निर्माण भएको सूचना अधिकृत बलराम लुईटेलले बताए ।
कार्यालयमा हरियो स्टिकर भएको गाडी, भवन नक्सापास भएको, गार्डेन भएको, लैङ्गिकमैत्री शौचालय, प्लास्टिक प्रयोगमा निशेष गरिएको छ । ऊर्जा खपत गर्ने चिमको प्रयोग भएको, खानेपानीको उचित व्यवस्थापन र निकास तथा हरियाली सौन्दर्य देखिएको छ । केन्द्रीयस्तरबाट प्राविधिकसहितको अनुगमन टोलीले प्रमाणित भएपछि चितवनलाई घोषण गरिएको थियो ।
भदौमा प्रतिवेदन नआए स्थानिय चुनाव हुदैन्
यसअघि राप्रपा निकट मिडिया नेपालले आयोजाना गरेको पत्रकार सम्मलेन राज्य पुनःस.रचनाको प्रतिवेदन भदौ सम्म नआए स्थानिय निकायको निर्वाचन हुन नसक्ने बताए । यो संरचनाको प्रतिवेदन भदौ समम आई टुगिनुपर्छ उनले भने । यो आएन भनेत स्थानिय निकायको निर्वाचनमा समस्या छ ।
यस्तै उनले संविधान कार्यानवनयको विषयमा कुनै पनि दलहरु बाधक नबन्न आग्रह गरे । हामीले संविधान बनायौं, अब कार्याननय पनि हामी गर्ने बाधाक बने जनाताले हामीलाई लखटनेछन् ।
मधेशी दलहरु देश प्रमेको भाव लिएर बार्ता आउन आग्रह गर्दै देश प्रेम भए मुलुकले मधेशी दलको कागबाट समेत निकास पाउने दावी गरे ।
तपाइँको प्रतिक्रिया