चितवन मंगलपुरकी मनिता परियार सात दिन देखि बेपत्ता , भेट्टाए खबर गर्न बाबुको आग्रह

श्रीधर उपाध्याय
गैँडाकोट, २६ असार । चितवन मंगलपुर माडे चौरकी ३१ वर्षिया मनिता परियार सात दिन देखि बेपत्ता हुनुभएको छ । असार २० गते सोमबार विहान कालो जकेट, रातो सुरवाल, सानो रातो झोला लिएर घरबाट निसक्नुभएकी परियार अझै फेला नपरेको उहाँका पिता सुकराम परियारले विजय एफलाई बताउनुभयो । विजय एफ एमको समाचार कक्षमा आइपुगेका परियारले आँखाबाट टिलपिल आसु झार्दै छोरी खोजी दिन आग्रह गर्नुभयो । बुवा सुकरामका अनुसार मनिताको विगत ९ बर्षदेखि मानसिक सन्तुलन गुमेको छ । गहुँगोरो वर्णकी मनिताका दुइ छोराछोरी छन् । आमा आइतिमायाको आँखामा आँसु नरोकिएको बाबु सुकरामले बताउनुभयो । मनिताका श्रीमान् लालबहादुर परियार प्रहरी हुनुहुन्छ । उहाँ पोखरामा कार्यरत रहेको बाबु सुकरामले बताउनुभयो । गहभरि आँसु झार्दै छोरी खोजी दिन बाबु सुकरामले आग्रह गर्नुभएको थियो । मनितालाइ भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालयमा, आमाको मोबाइल नम्बर ९८४९७७९३३७ मा सम्पर्क गरीदिन सुकरामले आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया