चितवन युवा समुह अन्तराष्ट्रिय समन्य समितिको विश्व सम्मेलनमा चितवनमा हुने
चितवन २०, असोज
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन चितवनको भरतपुरमा हुने भएको छ । यही कार्तिक १ र २ गते चितवनको होटल स्टार व्यंक्यूटमा आयोजना हुने विश्व सम्मेलनको तयारी तीब्र भइरहेको नारायणगढमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बैदेशीक रोजगारमा गएका चितवनेहरुके यो दोस्रो विश्व सम्मेलन हो । सम्मेलनकै अवसरमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले आफ्नो चौथों साधरण सभा समेत सम्पन्न गर्ने छ । सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, अन्तरािष्ट्रय संयोजक तथा महिला संयोजक, क्षेत्रीय संयोजक सहित १९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो । सम्मेलनम प्रतिनिधि र पर्यवेक्षक सहित विभिन्न देशमा बस्ने चितवनेहरुगरी झण्डै ४ सय जनाको सहभागीता रहने चितवन यूवा समुह अन्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्रीले बताउनुभयो । बैदेशिक रोजगारमा गएका चितवनेहरुलाई संगठीत बनाई समग्र चितवनको विकासमा योगदान दिने उद्देश्यले २०६९ सालमा समिति गठन भएको हो । विभिन्न मूलुकमा बस्ने चितवनेहरुलाई संगठीत बनाउँदै समग्र चितवनको विकास, यहाँको सम्बृद्धि र परोपकारी काम गर्ने उद्देश्यले स्थापना भएको समितिमा हाल सम्म २ हजार भन्दाबढी साधरण सदस्यहरु छन् । हाल कतार, ईजरायल, यूएई, दक्षिक्ष कोरिया, जापान, कुवेत, साईप्रस, बहराईन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवनेहरु संस्थामा आवद्ध छन् । अन्य मुलुकमा भएका तर समितिमा आवद्ध नभएकाहरुलाई समेत आवद्ध हुन समितिले आह्वान गरेको छ ।
समितिका सल्लाहकार तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले चितवनलाई आर्थिक सम्बृद्धी क्षेत्र बनाउनका लागि लगानी गर्न समेत आफुहरु तयार रहेको बताउनुभयो । प्रवासमा रहेका चितवनेहरुकै लगानीमा तारे होटल निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । तारे होटल निर्माणका लागि ठाउँको खोजी भइरहेको उहाँले बताउनुभयो ।
परोपकारीकाममा गएको एक बर्षमा मात्रै ४० लाख भन्दा बढीको सहयोग गरिसकेको समितिले जनाएको छ । समितिले चितवनको भरतपुर अस्पतालमा स्थापना भएको विपन्नहरुका लागि परोपकारी कोषमा समेत हातेमालो गर्दै आएको छ । यस्तै रामचन्द्र बचाउ अभियानमा ठूलो धनराशी खर्च भएको आयोजित पत्रकार सम्मेलनमा समितिले जनाएको छ । समितिले साउदी जेलमा परेका व्यक्तिको उद्धार तथा मृत्यु दण्ड सुनाइएका व्यक्तिको पक्षमा वकालत गर्दै आएको छ भने कुवेतको जेलमा रहेका चितवनका जीवन रानाभाटको जीवन रक्षाका लागि समिति मार्फत मुद्धा अगाडी बढाइएको छ ।
तपाइँको प्रतिक्रिया