चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगे

काठमाडौँ,असोज २५
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको हो । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।
तपाइँको प्रतिक्रिया