चिनेर खाउ, होस् पुर्याउ

बिबेक भण्डारी २४, पानी परे संगै नवलपरासीका अधिकासं स्थानका महिलाहरु च्याउ खोज्न व्यस्त बनेका छन । नवलपरासीको कावासोती नगरपालीकाको खरकट्टा जंगल, गैडाकोटको थुम्सि जंगलमा पानी परे संगै जंगलि च्याउ खोज्नेको भिड देखिएको छ । खालि समयमा तरकारी हुने भन्दै महिलाहरु जंगलमा पसि च्याउ खोज्ने गरेको कावासोती नगरपालीका पिठौलीकी स्थानिय रमिला क्षेत्रीले जानकारी दिनुभयो । पानी परे संगै जमिनमा रहेको कुहिएको काढबाट पलाउने भएको हुदा यसलाई जमिनबाट खनेर निकाल्नुपर्ने स्थानिय क्षेत्रीले वताउनुभयो । जेष्ठको अन्तीम साता देखि असार महिनाको दोस्रो साता सम्म जंगलमा विभिन्न प्रकारका च्याउहरु भेटिने गरेको छ । जंगलि च्याउको उचित पहिचान नगरी खादा बर्षेनी यसबाट मानिसको ज्यान जाने गरेको छ ।
तपाइँको प्रतिक्रिया