चिया बेच्दै सामाजिक अभियान्ता

पौष १३ , चितवन
जनकपुरको जनक नन्दनी गाउँपालिकाका वडा नम्वर १ मुसहर बस्तिका बिपन्न परिवारका अभिभावकका बालबच्चाका लागी न्यानो कपडा बितरण गर्ने उद्धेश्यले सामाजिक अभियान्ताहरुले खुसिको चिया कार्यक्रम गरी आर्थीक संकलन थालेका छन् । नारायणगढको पुलचोकमा आईतबार बिहान सामाजिक अभियान्ता पुजा भुषाल प्रकाश थापा , बिमल सापकोटा सहितका अभियान्ताहरुले चिया पकाएर बिक्री गरी आर्थीक संकलन अभियान सुरु गरेका हुन् ।
आफूहरुले सोमबार भरतपुरको चौबिसकोठीमा पनि यस्तै कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकमले बालबालिकाका लागी न्यानो कपडा खरिद गरि सोही स्थानमै पुगेर वितरण गर्ने सामाजिक अभियान्ता पुजा भुषालले बताउनु भयो ।
सो ठाउँका स्थानीयहरु गरिबिको चपेटामा रहेको र बालबच्चा जाडोका कारण परालमा सुत्न बाध्य भएको भन्ने आफुहरुलाई जानकारी आएपछि आफुहरु मिलेर यस्तो कार्यक्रम गरेको उहा बताउनु हुन्छ ।
पुलचोकको कार्यक्रमबाट १० हजार बढि रकम संकलन भएको र सोमबार पनि कार्यक्रम गरी केहि आर्थीक संकलन गरी अन्य दाताहरुसंग पनि केहि रकम सहयोग मागी बालबालिकाका लागी न्यानो कपडा बितरण गर्ने भुषालको भनाई छ ।
जाडोमा कठांग्रिएका बालबालिकालाई न्यानो कपडा बितरण गरी यस वर्षको जाडोबाट बचाउने उदेस्य रुपरुप आफुहरुले यस्तो कार्यक्रम थालेको सामाजिक अभियान्ता प्रकाश थापाले बताउनु भयो । आफुहरुको अभियानमा साथ दिन उहाँको आग्रह छ ।
तपाइँको प्रतिक्रिया