चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ – ओली

चितवन,१० मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरु महाधिवेशनमा सहभागि छन् ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरुले नारायणी नदी किनार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रुपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्ले समेत राखिएको छ । महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताहरुले मन्तव्य राख्दै हुनुहुन्छ ।
आज नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।
तपाइँको प्रतिक्रिया