चुनाव माहोल प्रकृति चिकित्सालय रजहर

बिबेक भण्डारी,८ प्राकृति चिकित्सालय रजहरको नया कार्यसमिति चयनका लागि शनिवार मतदान सकिएको छ । चिकित्सालयको दोस्रो अधिवेसन पछि निर्वाचन समिति गठन गरि निर्वाचनको आयोजना गरिएकोह हो । नवलपरासीको रजहर गा वि समा स्थापित प्रकृति चिकित्सालयको दोस्रो अधिवेसन पश्चात चुनाव भएको हो । चुनावमा अध्यक्ष पदकालागि सन्तबहादुर क्षेत्री र हेमराजकोइराला उमेदवार दिएका थिए । त्यस्तै बरिष्ठ उपध्यक्षकालागि दानबहादुर पाण्डे र शिवहरी अधिकारी ,महिला तर्फ उपाध्यक्षका लागि काशिमाया गुरुङ र जयन्ति रिजाल उमेदवारी दिएका थिए । सचिवका लागि प्रदिप राज गिरी र हरीप्रसाद न्यौपानेको उमेदवारी रहेको छ त्यस्तै कोषध्यक्षका लागि महनीलाल काफ्ले र ललित बहादुर बोहोरा को उमेदवारी रहेको छ । सामाजिक लेखा समितिका लागि जितलाल चौधरी र धर्मदत्त भुषल चुनावि मैदानमा रहेका निर्वाचन समितिका संयोजक कमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार संचालक समितिका लागि २९ जनाको उमेदवारी रहेको समेत वताउनुभयो । कुल १ हजार ३० मतदाता रहेका छन ।
तपाइँको प्रतिक्रिया