चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छौँ : वन मन्त्रालयका सचिव कँडेल

काठमाडौं, २ मंसिर ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा.प्रेम नारायण कँडेलले अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताउनु भएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताउनुभएको होे ।
सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले पनि धेरै असर गरेको बताउँदै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानु पर्ने बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिवद्धता भइसकेको बताउनुभयो ।
सचिव कँडेलले भन्नुभयो, ‘पहिलो विषय नेपालले एकदमै कम इमिशन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तको प्रकोपलाई न्यूनिकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्दछ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छौँ, इण्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रुपान्तरण गर्छौं, भेकललाई इ.भेकलको रुपमा ट्रान्सफर्म गर्छौं, इलेक्ट्रिक भेकलको लागि १९ बिलियन यूएस डलर दिने प्रतिवद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ ।’
सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया