चौतारीको महाधिवेशन आजबाट, सर्वसम्मतको प्रयास जारी

६ जेठ, काठमाडौं । एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त महाधिबेशनले नयाँ प्रतिनिधी छान्ने भएको छ ।‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनमा चुनावी प्रचारका लागि बागबजार र आसपास क्षेत्रमा एमाले निकट पत्रकारको भिड लाग्न थालेको छ ।
भावी अध्यक्षमा पूर्व महासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने चर्चासँगै सहमतिको प्रयास पनि जारी छ ।
बुधवार दिनभरको सहमति प्रयास सफल नभएपछि बिहीवार फेरि सहमति प्रयासमा एमाले नेताहरु लागेका छन् ।
एमाले उप-महासचिब प्रदिप ज्ञवाली, प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, वर्तमान अध्यक्ष राजेन्द्र अर्याल, एमाले नेता गोकुल बास्कोटा जसरि पनि पदाधिकारीमा सर्वसम्मत गर्ने अभियानमा छन् ।
यसअघि २०६९ फागुन २५-२९ मा विराटनगरमा सम्पन्न साताँै राष्ट्रिय महाधिवेशनमा अर्यालको अध्यक्षतामा नेतृत्व निर्वाचित भएको थियो । चौतारीलेे हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा र वीरेन्द्र साहका स्मृतिमा पुरस्का स्थापना गरेको छ भने क्रियाशील युवा पत्रकारिता पुरस्कार पनि वितरण गर्दै आएको छ भने जिल्लागत शाखाका पनि विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।
तपाइँको प्रतिक्रिया