चौतारी सामुदायिक वन देवचुली १६, रहजरको २३औं वार्षिक साधारण सभा सम्पन्न

गैँडाकोट, १२ असोज ।
चौतारी सामुदायिक वन उपभोक्ता समुह देवचुली १६ को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वन समुहका अध्यक्ष झबिन्द्र राना मगरको अध्यक्षतामा कार्यक्रम भएको छ ।
कार्यक्रममा सव डिभिजन वन कार्यलय देवचुलीका प्रमुख दुर्गादत्त कंडेल, देवचुली १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्री, देवचुली–१७ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य, वन समुहका संस्थापक अध्यक्ष लोकनाथ अर्याल, पुर्व–अध्यक्ष रविलाल सापकोटा, भिमलाल पौडेल, भुवनेश्वर अधिकारी, समाजसेवी नवकुमारी गौतम लगायतले मन्तब्य राख्दैं वन समुहले संरक्षण र सदुपयोगमा योगदान दिएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा समुहका सचिव संगिता बराल सापकोटाले आर्थिक वर्ष ०७४–०७५ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा समुहका कोषाध्यक्ष रेशम बहादुर अधिकारीले आर्थिक वर्ष ०७४–०७५को ४७ लाख बराबरको बजेट प्रस्तुत गर्दै वन समुहले आगामी वर्ष ०७५–०७६ मा डेड करोडको कार्यक्रम प्रस्तुत गरेको छ ।
कार्यक्रममा गरिव विपन्न डढेलो नियन्त्रणमा योगदान गर्ने १ युवा क्लब र ६ वटा आमा समुहलाई पुरस्कृत गरिएको थियो ।
यसैबिच वन समुहको बन्द सत्रको कार्यक्रम शनिबार बिहान ११.०० बजेदेखि सुरु हूने सचिव संगिता बराल सापकोटाले जानकारी दिनुभएको छ । समुहको ८औं अधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागी सहमतीय पद्धती बाट नेतृत्व चयन गर्न लागिएको समुहले जनाएको छ ।
तपाइँको प्रतिक्रिया