चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा भैरहवा विजयी

कावासोती, १४ बैशाख
कावासोती १७ गोछडामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको फाईनल खेलमा भैरहवा विजयी भएको छ । कास्की पोखरा र भैरहवा विच भएको खेल ४÷१ ग्षेल अन्तरले भैरहवा विजयी भएको खेल संयोजक पुष्प रत्न महतोले जानकारी दिए । टाईगर युवा क्लबको आयोजनामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा चितवन, रुपन्देही, नवलपरासी पूर्व÷पश्चिम लगायतका जिल्लाहरुबाट १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने भैरहवा भेट्रान्स ले नगद रु ७५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने कास्की पोखराले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष मान बहादुर थनेतले जानकारी दिए । साथै बेस्ट प्लेयर तथा म्यान अफ दि म्याच लाई नगद रु ३÷३ हजार प्रदान गरीएको छ । प्रतियोगीतामा सहभागी खेलाडीहरुको उमेर समुह भने ४० बर्ष माथी र बैकल्पिक खेलाडी ५ जनाको उमेर भने ३५ बर्ष माथीको रहेको थियो । यसैविच खेलको समापन समारोहलाई सम्बोधन गर्दै सांसद विष्णु लामीछाने, कावासोती नगरपालीकाका उपमेयर प्रेमशंकर मर्दनिया थारु, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष सेतमान पुन लगायतले बोल्दै शुभकामना सहित सक्दो सहयोग गर्ने बताएका छन् ।
तपाइँको प्रतिक्रिया