चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी सम्पन्न
माघ ११, बर्दघाट
पप्पु रेग्मी,
चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को तयारी सम्पन्न भएको छ । उद्योग व्यापार संगठन देवदहको आयोजनामा राष्ट्रिय स्वाधिनताकोलागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विधिविकरण भन्ने मूलनाराका आज माघ ११ गते विहिवार देखि माघ २१ ग्ते सम्म रुपन्देहीको घोडाहामा महोत्सव सञ्चालन गरिने मेला आयोजक समितिले जनाएको छ ।
महोत्सवको पुर्वसन्ध्यामा रुपन्देहिको खैरेनी बजार देखि घोडाहा मेला सम्म विभिन्न झाकी सहितको ¥यालीको आयोजना समेत गरेको प्रचार प्रसार समितिका संयोजक मेघनाथ ढकालले बताउनु भयो ।
¥यालीमा विभिन्न जातीय पहिचान सहीतको झाकीहरु प्रदर्शन गरिनुका साथै नेकपा माओवादीका वरिष्ठ नेता पुष्पकमल दाहाल प्रचण्डले मेलाको उद्घाटन गर्नु हुने बताईएको छ । मेलाको झाकि सहितको ¥यालीमा विभिन्न क्लव, विभिन्न संघसंस्था, आमा समुह, राजनैतिक दल, विद्यालयहरुको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया