चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

नवलपुर, १९ जेठ ।
पुर्वी नवलपरासीको देवचुली–२ केउरानीमा रहेको चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । चौधरी उद्योग ग्राम अन्तर्गतको सि. जि. ब्रुअरी नेपाल प्रा लिमा बुधबार बिहान ८ बजे देखि अचानक आगो लागको थियो ।
चितवनको भरतपुर महानगरका दुईवटा, खैरहनी नगरपालिकाको एक, नेपाली सेनाको एक र कावासोती नगरपालिकाको एक वटा गरि पाँच वटा दमकल, सशस्त्र प्रहरी , नेपाल प्रहरी र कारखानामा काम गर्ने श्रमिकको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको उद्योग प्रशासनले जनाएको छ ।उत्पादनको काम चलिरहेको बेला विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागी बाट भएको क्षतिको विवरण संकलन भैरहेको छ ।
तपाइँको प्रतिक्रिया