छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी कार्तिक १८ गतेबाट हुदै ।

काठमाण्डौ, २३ कार्तिक ।
काठमाण्डौमा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी आयोजना हुने भएको छ । कार्तिक महिनाको अन्तिम साताबाट करिब १८ दिन सम्म प्रदर्शनी आयोजना हुने भएको प्रदर्शनीको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो । जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी यहि कार्तिक २६ गतेदेखि हुने भएको हो ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म १८ दिन काठमाडौंको भृकृटीमण्डलमा प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका ६० वटा भन्दा बढी स्टल राखिनेछन् । प्रदर्शनीमा जुत्ता चप्पल तथा अन्य वस्तुको खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइने प्रदर्शनीको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ । एशोसियसनले गत बर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ बर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ । आम नेपालीहरुमा स्वदेशी जुत्ता चप्पल लगाउने बानीको विकास गरी स्वदेशी उद्योगको प्रबद्र्धनका लागि प्रदर्शनीलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ । नेपालमा हाल साना ठूला गरी १ हजार ५ सय २१ वटा जुत्ता चप्पल उद्योग छन् र ती उद्योगमा २० अर्ब भन्दा धेरै रुपैयाँको लगानी छ ।
तपाइँको प्रतिक्रिया