छुट छुटै स्थानमा सवारी दुर्घटना हुदा नवलपरासीमा २ को ज्यान गयो

बिबेक भण्डारी १८ , नवलपरासीको गैडाकोट–१० मुकुन्दपुरमा ट्याङ्करमा मोटरसाईकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बुधवारराती रोकिराखको ना २ ख ८८८० नम्बरको ट्याङ्करमा आफै ठक्कर खादा कावासोती–१५ अमलटारी निवासी ४८ वर्षीय हरिप्रसाद चापागाईको मृत्यु भएको हो । गम्भिर घाईते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उता नवलपरासीको देउरालि ६ बेलुवा अन्तरगत भित्रि सडक खण्डमा ट्रयाक्टर र मोटर साइकल ठक्कर खादा १ जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार दक्षिण बाट उत्तर तर्फ गइरहेको ना ४ त ९३१३ नम्बरको ट्रयाक्टर र सोहि दिशा बाट जादै गरेको ना १९ प ३७१४ नम्बरको मोटर साइकल पछाडिबाट ठक्कर खादा देउरालि ५ बेलुवा बस्ने वर्ष ६२ का प्रेमबहादुर बुढाथोकी घाइते भई उपचारका लागि मध्य विन्दु सामुदायिक अस्पताल डण्डा ल्याउदै गर्दा बाटोमा मृत्युभएको प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाइँको प्रतिक्रिया