जडिबुटि संरक्षणमा लागि पर्दे बन्दिपुरका भिमबहादुर डिस्वा मगर

बिबेक भण्डारी २६ , यि हुन देवचुलि ५ बन्दिपुरका भिमबहादुर डिस्वा मगर । विगत ७ वर्ष देखि मगरको दैनिकी जडिबुटि गोड मेलमै बितेको छ । यसमा उनका सम्पुर्ण घर परिवारले पनि सहयोग गर्दै आएका छन । उनि सहित १३ जनाको परिवारले यो कार्य गर्न जुटेका हुन । यसबाट नैउनिहरुको दैनिककि चलि रहेको छ । पछिल्लो समय वन विनास संगै वन जंगलमा पाइने जडिबुटि पनि नास हुने अवस्थामा छ । वन जंगलमा पाइने विभिन्न जडिबुटिहरु लाई घरमा ल्याइ विभिन्न औषधिहरु ब्नाउन सकिने हुदा उनि जडि बुटि संरक्षणमा जुटेका छन । पहाडको भिरालो जमिनमा खेति गरे पनि उत्पादन त्यति नहुने हुदा जडि बुटिको लागि नै यस्तो जमिन ठिक हुने हुदा आफु मगर जडि बुटि उत्पादनमा सक्रिय भएर लागेका बताउ छन । मगरले अहिले आफ्नै घर वरपोर पाइने र वन जगंलमा लोप हुदै गएका जडिबुटिहरु संकलन गरि नसरी नै संञ्चालन गरि संरक्षणमा जुटेका छन । मगरले आफ्नै पहलमा पाचँ विगाहा क्षेत्रफलमा करिव २२३ प्रजातिका जडिबुटिहरु लगाइ संरक्षणमा जुटेका छन । लोप हुने आस्थामा रहेका जडिबुटिहरु जस्तै चिउरी, बोके टिमुर , सिन्दुरे , तेजपत्ता , कुरीलो , सर्प गन्धा लगायतका २२३ प्रजातिका जडिबुटि लगाएका मगरले आफु मात्र होइन गाँउमा पनि जडिबुटि संरक्षण गर्नु पर्छ भन्ने चेतना फैलाउदेै आएका छन ।
यसरी औषधिका लागि आवस्यक पर्ने जडिबुटि अन्त खोज्न जानु नपर्ने बताउर्दे मगरले जडिबुटि प्रसोधन र यसको प्राविधिक ज्ञान पाउन सक्ने हो भने अझै सरल हुने उहा बताउनु हुन्छ । नवलपरासीको पुर्वपश्चीम राज मार्गबाट केउरेनी देखि उत्तर तिन घण्टा उकालो ओरालो पछि पुगिने मगरको जडिबुटि उत्पादन क्षेत्रमा अहिले सम्म सरकारी निकाय पुग्न सकेको छैन । हामिले गाउ घरमा पाइने अमुल्य जडि बुटिहरु चिन्न नसक्दा त्यसै मासिएर गएका छन । जडिबुटि पहिचान यसको बारेमा किसानहरुलाई विभिन्न किसिमका तालिमहरु उपलब्ध गराउन सके अरु किसानहरु पनि यस्ता जडिबुटि संरक्षण तर्फ जुट्ने थिए ।
तपाइँको प्रतिक्रिया