जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने लक्ष्य , नन्दन सामुदायिक बनले गर्यो शुरुवात

सुर्य प्रकाश भुसाल
साउन २८, शनिबार
गैंडाकोट
गैडाकोटमा रहेको नन्दन सामुदायिक बनले शनिवार जडिबुटी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नन्दन सामुदायिक बनको पकट क्षेत्र मानिने गैडाकोट ९ को गैरीखोला क्षेत्रमा विभिन्न प्रजातीका जडिबुटीका विरुवा हरु रोपीएको छ । गैडाकोट नगरपालिका की उपमेयर विष्णु कँडेल सापकोटाको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कडेल ले आउदो दिनमा गैडाकोटमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको बताउदै नन्दन सामुदायिक बनले शुरुवात गरेको यो वृक्षारोपण कार्यले नगरपालिकाको लक्ष्यलाई सार्थकता दिएको बताउनुभयो ।
वृक्षारोपण क्षेत्रमा अमला,बेल,वोदो,कुरीलो लगायतका ७० विरुवा रोपिएको छ । बाघ लुक्न सक्ने खालको मmाडीलाई उपभोक्ताले फडानी गरी एउटा सुन्दर ठाँउ बनाएका छन । पर्यटकिय किसीमले समेत महत्वपुर्ण रहेको यो क्षेत्रलाई जडिबुटीको अध्ययन केन्द्रका रुपमा विकास गर्ने सोच लिएको नन्दन सामुदायिक बन का अध्यक्ष लालचन्द के.सी.ले बताउनुभयो । बृक्षारोपण कार्यक्रम बनका अध्यक्ष लालचन्द के.सी को अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया