जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

काठमाडौं, २६ जेठ।
कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । जेठ २५ गतेबाट सुरु हुने र असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।
हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको योसकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको समाचार आएको बताए ।
चौलागाईंले कोरोना महामारीका कारण रोकिएको गणनाको काम अवस्था अनुकुल बन्दै गए मध्य साउन १५ देखि मध्य असोजको बीचमा गर्ने गरी तयारी सुरु गरिएको छ । यो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भैरहेको छ ।
तपाइँको प्रतिक्रिया