जनताको सेवाका लागि संख्यात्मक मात्र नभएर गुणत्मक परिवर्तन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

नेपाल प्रहरीले समायानुकुल रुपमा जनताको सेवाका लागि संख्यात्मक मात्र नभएर गुणत्मक परिवर्तन गर्नु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । युनाईटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसले आयोजना गरेको कार्यक्रममा उनीहरुले राजनीतिक शक्तिको आडमा प्रहरीले भक्ती गर्ने प्रवृत्ती देखिएकाले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । जस्तोसुकै ठूला अपराध गर्ने अपराधीलाई पनि राजनीतिको आडका कारण प्रहरीले छाडिदिनुपर्ने अवस्थाका कारण अपराध मौलाएको उनीहरुको तर्क थियो । कार्यक्रममा प्रहरीका पूर्व उच्चपदस्त अधिकारी, अधिकारकर्मी, सन्चारकर्मी, बुद्धिजीविलगायतको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया