जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको दाबी

काठमाडौं, फागुन १८
आठ दलीय गठबन्धनमा जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको दाबी गरेको छ । जनमत पार्टीका खानेपानीमन्त्री मन्त्री समेत रहेका अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरेका हुन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरेका हुन् ।
उनले भने, ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं । उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न । अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ ।’
उनले उपप्रधानमन्त्रीमा पार्टी का तर्फबाट पार्टी अध्यक्ष डा. सिके राउत जाने सम्भावना रहेको बताएका छन् ।
तपाइँको प्रतिक्रिया