जनयुद्धकालीन मुद्दा अदालतले हेर्ने होईन, सत्य निरूपण तथा मेलमिलाप आयोगले हो : डा बाबुराम भट्टराई

फागुन २२, काठमाडौं
डा बाबुराम भट्टराईले आफूले ‘प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइँदैन’ नभनेको प्रतिक्रिया दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो प्रतिकृया दिएका हुन् ।
भट्टराईले आफू प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको र अदालतमा हाजिर भएको बताएका छन् तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)ले हेर्ने तर्क गर्दै सोमबार बिहान ट्वीट गरेका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तरक्रियामा भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु भएको टिप्पणी गरेका थिए । यसको चौतर्फीे आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् ।
तपाइँको प्रतिक्रिया