जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी

काठमाडौं २३ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी जलविद्युत आयोजानमा सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताउनु भएको छ । आयोजनाको निरीक्षणका लागि दोलखा पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताउनु भएको छ। ‘मेरो चाहना के छ भने त्यो ऋणलाई नै अति विपन्नहरुका निम्ति शेयरमा बदल्दिने। सहिद-बेपत्ताका परिवारकोमा बदल्नेबारे हामीले सोचिराखेका छौँ,’ उहाले बताउनु भयो । आयोजनाका कर्मचारी र स्थानीयलाई समेत शेयरमा बदल्ने विषयमा ‘ फिडब्याक’ दिन उहाले आग्रह गरेका छ। ‘११ अर्ब लगभग रकमलाई शेयरमा कन्भर्ट गरिदिने र त्यसरी शेयरमा लगेर सहिद-बेपत्ताका परिवारलाई पनि दिन सकिन्छ भनेर सोचिरहेको छु,’ उहाले भन्नु भयो। भूकम्प र नाकाबन्दीका कारण ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी निर्माणमा ढिलाइ भएको छ। प्रधानमन्त्री प्रचण्डले आयोजना छिटो सक्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको छ।
तपाइँको प्रतिक्रिया