जनशक्ति व्यवस्थापन खोइ ???

माडी स्तरोन्नति भएको दुई वर्ष पूरा भएपनि बघौडा अस्पतालमा जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारले पूर्वाधार र प्राविधिक सहयोग गरेको छैन । माडीको बघौडा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालयस्तरीय निर्णयबाट बघौडा अस्पतालमा स्तरोन्नति गरिएको थियो । स्तरोन्नतिस“गै मेडिकल सुपरिटेण्डेन्टसहित तीनजना चिकित्सकको दरबन्दी कायम छ । तर, हाल कार्यरत एक जना चिकित्सकसमेत २ महिना लामो विदामा बसेका छन् । अस्पतालमा हेल्थ असिस्टेण्ट एक जना, अहेव तीन जना, अनमी तीन जना, स्टाफ नर्स पा“च जनाको दरबन्दी छ । तर, केही स्वास्थ्य प्राविधिकहरु करारमा कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नपठाउ“दा स्थानीय नगरबासी सहजरुपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित छन् । असार मसान्तमा करार सकिएपछि बघौडा अस्पतालमा हाल स्टार्फ नर्सपनि छैनन् । साविककै प्राथमिक स्वास्थ्य केन्द्रका पुराना भवनहरुमा बहिरंग सेवा, औषधि पसल, सुत्केरी सेवा, आवास गृह सञ्चालनमा छन् । उपचारका लागि अस्पताल जाने स्थानीय समयमै स्वास्थ्य प्राविधिकलाई समेत भेट्न पाउ“दैनन् । बसन्तपुर बजारमा रहेका केही निजी अस्पतालका शाखा तथा मेडिकल हलहरु धाउनुपर्ने बाध्यता छ । सरकारले पन्ध्र शैया स्वीकृत दिएपनि हाल चार शैयामात्र सञ्चालनमा रहेको छ ।
तपाइँको प्रतिक्रिया