जमुनाह नाकामा पेट्रोलका ट्यांकर र ग्यासका बुलेट रोकिए, खसी बोकेको ट्रक भने चेकपास

१० असोज, बाँके । पेट्रोलिम पदार्थ तथा ग्यास बोकेर आएका ट्रक तथा बुलेटहरु बाँकेको जमुनाह नाकामा रोकिएका छन् ।
जमुनाहमा पेट्रोल बोकेका १३ वटा, हवाई इन्धन बोकेका चार वटा, डिजेल बोकेका २९ वटा र ग्यास बोकेका २४ वटा बुलेट रोकिएका छन् ।
त्यस्तै अन्य उपभोग्य सामान बोकेका डेढसय भन्दा बढी ट्रक रोकेर राखिएको छ ।
खसी बोका बोकेर आएको एउटा ट्रक भने सीमा पार भएको छ । मुस्लिम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा दिइने कुवार्नीका लागि ल्याइएका खसीबोका रहेको ट्रकलाई भने सीमाबाट चेकपास गराईएको हो ।
उक्त ट्रकसहित अन्य चेकपास भएका सामानबाट उक्त नाकामा एक लाख दुई हजार सात सय ३१ रुपैयाँ भन्सार उठेको छ ।
शनिबार जमुनाह नाकामा आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । अाज भने उक्त क्षेत्रमा प्रदर्शनकारी देखिएका छैनन् ।
तपाइँको प्रतिक्रिया