जयश्री पुलको निर्माण कार्य लगभग सम्पन्न , चैत्र २२ गते भित्र संञ्चालनमा ल्याउने तयारि

बिबेक भण्डारी १७ , पुर्वपश्चिम राजमार्ग अन्तरगत साउन ११ गते मालबाहाक ट्रकका कारण भाच्चिएको जयश्री पुलको निर्माण कार्य लगभग सम्पन्न भएको पश्चिमाञ्चल सडक डिभिजन कार्यलय बुटवलले जनाएको छ । पुल भाचिए संगै बेलिब्रिजको माध्यमबाट सवारी साधन आवगमन गराइरहेको भए पनि यात्रुहरु भने सवारी जाममका पर्ने बाध्यता भने हटेको छैन । पुल निर्माण कार्य सम्पन्न गर्न सम्झौता भएको एडभेन्चर कन्ट्रक्सन प्रा लिले ठेक्का पाएर कार्य गर्दे आएको र अब पुल निर्माणको कार्य अन्तरगत पुर्व र पश्चिम पुलको र सढकको लेबल जोड्ने गरि पिच भए संगै पुलबाट यातायात सञ्चालन हुने बताइएको छ । पुलको ठेक्का पाएको एडभेन्चर कन्ट्रक्सन प्रा लिका डाइरेक्टर कमल भट्टका अनुसार आउदो २२ गते सम्ममा पुलको प्रयोग गर्ने गरी कार्य गर्दे आएको बताउनुभयो । उहाका अनुसार पहिले फलामे पुल भएको कारण पनि पटक पटक भाचिएको र अब भने आर सिसि पुल निर्माण गरिएको गरिएको कारण मजबुत हुने बताउनुभयो । ३२ मिटर नै लम्बाइ रहेको पुलको लागि करिव २ करोड २५ लाख टेन्डर परेको थियो ।
तपाइँको प्रतिक्रिया