जयश्री पूल एक तर्फी संचालनमा आयो

बिबेक भण्डारी २३, पुर्वपश्चिम राजमार्ग अन्तरगत साउन ११ गते मालबाहाक ट्रकका कारण भाच्चिएको जयश्री पुलको निर्माण कार्य सम्पन्न भए पश्चात पुलबाट यातायात आवत जावत गर्न सुरु भएको छ । पुल भाचिए संगै बेलिब्रिजको माध्यमबाट सवारी साधन आवगमन गराइरहेको भए पनि यात्रुहरु भने सवारी जाममा पर्ने बाध्यता भने हटेको थिएन यहिले पुलबाट सवारी साधन आवत जावत गर्न थाले संगै जामको समस्या भने हटेको छ । पुल निर्माण कार्य सम्पन्न गर्न सम्झौता भएको एडभेन्चर कन्ट्रक्सन प्रा लिले ठेक्का पाएर पुल निर्माणको कार्य अगाढि बढएको थियो । पहिले फलामको जडान गरि बनाइएको पुलले थेग्न नसके पछि करिव एक वर्षको समय लगाएर पक्कि पुलको निर्माण गरिएको बताइएको छ । पुलको ठेक्का पाएको एडभेन्चर कन्ट्रक्सन प्रा लिका डाइरेक्टर कमल भट्टका अनुसार निर्माण कार्य तिब्र रुपमा अगाढि बढाइ रहद विभिन्न समस्याका कारण पुलको निर्माण कार्य ढिलाइ भए पनि चैत्र २२ गते बाट पुल निर्मार्णको कार्य सम्पन्न गरि सुचारु ग्रिएको जानकारी दिनुभयो । ३२ मिटर नै लम्बाइ रहेको पुलको लागि करिव २ करोड २५ लाख टेन्डर परेको थियो ।
तपाइँको प्रतिक्रिया