जलुकेको सरसफाई र्याली, बक्तृत्वकलामा सूर्यविनायक प्रथम

श्रीधर उपाध्याय,
२९ जेठ, गैँडाकोट । नवलपरासीको गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आज सरसफाई ¥याली गरेको छ । सरसफाई सप्ताह अन्तर्गत साताभर विभिन्न कार्यक्रम गरेको जलुकेले शनिबार आज विहान जनचेतना अभिवृद्धिका लागि ¥यालीको आयोजना गरेको थियो । सरसफाई ¥याली संस्थाको कार्यालय परिसर देखि मिलनचोक, शिलन्यास चोक, विकास चोक, मन्दिर टोल हुँदै पुन ः कार्यालय परिसरसम्म पुगेको थियो । ¥यालीमा विभिन्न विद्यालय, टोलविकास संस्था, महिलासमूह लगायत स्थानीयको सहभागिता रहेको थियो । ¥याली कार्यालय परिसर पुगेपछि सहभागि सबैलाई संस्थाका अध्यक्ष लालमणि पौडेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सकिएको थियो ।
यसैबीच दिउँसो १ बजे जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्रभित्र रहेका विद्यालयहरुबीच ‘घरघरमा सफा चर्पी हाम्रो अधिकार, स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार’ विषयक बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्वकला प्रतियोगितामा सूर्य विनायक बोर्डिङ स्कूलकी दिपा रानाभाट प्रथम भएकी छन् । गैँडाकोट बोर्डिङ स्कूलकी कृपा दाहाल द्धितिय र नेपाल राष्ट्रिय शमसेर आदर्श माविका देविका विक तृतीय भएकी हुन् । यसैगरि सान्त्वना पुरस्कारबाट गैँडाकोट ईंग्लीस बोर्डिङ स्कूलका सरोज भट्टराई पुरस्कृत भएका हुन् । बक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथिमा गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल रहेका थिए । कार्यक्रममा निर्णायकको भूमिकामा डा. मतिप्रसाद ढकाल, लक्ष्मी भट्टराई रिमाल र रेखा पौडेल लम्साल रहेका थिए । समय सूचकको भूमिका संस्थाका सचिव राजेन्द्र प्रसाद उपाध्यायले निभाएका थिए । कार्यक्रममा सबै विद्यालयको प्रतिनिधिको रुपमा गैँडाकोट ई. बोर्डिङ स्कूलका प्रिन्सिपल हिरालाल अर्याल, पानी सुरक्षा योजनाका सदस्य शिबराज काफ्लेले मन्तव्य दिएका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मन्जु पौडेल पण्डितले व्यक्त गरेकी थिइन । कार्यक्रम संस्थाका अध्यक्ष लालमणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सरसफाई सप्ताह कार्यक्रम अन्तर्गत संस्थाले कार्यालय परिसर सरसफाई, विद्यालय सरसफाइ कार्यक्रम, खानेपानी मुहानको सरसफाई, सरसफाई र स्वच्छता प्रवर्धन सम्बन्धि जनचेतनामूलक विभिन्न कार्यक्रम गरि मनाएको व्यवस्थापक शालिकराम आचार्यले बताए । यहि जेठ २३ गते देखि आजसम्म ‘घरघरमा सफा चर्पी हाम्रो अधिकार, स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार’ भन्ने नाराका साथ सबै सरकोरवाला संस्थाहरुले सप्ताह व्यापी सरसफाई सप्ताह कार्यक्रमको अयोजना गरि मनाएका हुन् ।
तपाइँको प्रतिक्रिया