जापानबाट १६० थान अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सहायता काठमाडौं आइपुग्यो

२० जेठ ।
मित्रराष्ट्र जापानबाट पनि स्वास्थ्य सामाग्री नेपाल आएको छ । जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको हो । थप ६ वटा एम्बुलेन्स समेत जापानले सहयोग स्वारुप उपलव्ध गराउन लागेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको पनि मन्त्रालयले जनाएको छ । सहायताका लागि परराष्ट्रले जापानलाई धन्यवाद दिएको छ ।
तपाइँको प्रतिक्रिया