जापानमा बन्यो उड्ने मोटरसाईकल

११ कार्तिक ।
जापानमा स्टार्टअप कम्पनीले ८ करोड मूल्य बराबरको आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । यसलाई होभरबाइक भनिएको छ ।जापानमा निर्मित होभरबाइकको मूल्य ६ लाख ८० हजार डलर अर्थात् झन्डै ८ करोड १६ लाख नेपाली रूपैयाँ छ । होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध हुन थालेको छ ।उक्त कम्पनीका लगानीकर्ता इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके हुन् । यो बाइक एकपटक चार्ज गरेपछि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जानकारी दिएको छ ।‘आगामी वर्षमा एक जना चढ्न मिल्ने ३ सय केजी तौल भएका २ सय वटा होभरबाइक उत्पादन गर्नेसमेत कम्पनीको लक्ष्य छ ।
तपाइँको प्रतिक्रिया