जिल्लामा करोडौ मुल्य बराबरको इट्टा नष्ट

बिबेक भण्डारी २५,
लगातार परेको बर्षाका कारण नवलपरासीमा करोडौ मुल्य बराबरको इट्टा नष्ट भएको छ । केहि दिन देखि परेको बर्षाका कारण जिल्लाका बिभिन्न क्षेत्रमा रहेका चिम्नी उद्योगमा रहेका पोल्न बाँकी करिब २ करोड पिक काचाँ इट्टाहरु नष्ट भएको देवचुलि इटा उघोगका उघोगी विकास प्रधानले जानकारी दिनुभएको छ । जिल्लामा रहेका करिव १८ चिम्नी उद्योगका २ करोड पिस काँचो इट्टा नष्ट भएको प्रधानले जानकारी दिनुभयो । काँचो इट्टाको मुल्य प्रतिपिस ८ रुपैयाँ पर्ने र करिब १ करोड मुल्य बराबरको इट्टा नष्ट भएको उहाँको भनाई छ । गैडाकोटमा एक, रजहरमा २ ,देवचुलिनगरपालीकामा ३ , कावासोतीमा ३ र परासी क्षेत्रमा ५ वटा चिम्नी उद्योग रहेका छन् । त्यस्तै जिल्लामा रहेका करिब ४–५ उद्योगका २ लाख पिस इट्टा नष्ट भएको छ । पोल्नका लागि तयारी अबस्थामा रहेका ति इट्टाहरु कुनै काम नलाग्ने भएका छन् । भिजेका इट्टाहरु अब यो पटक काम नलाग्ने र पछि सुकेपछि ठल्ला फोडेर फेरी इट्टा बनाउनु पर्ने देवचुलि इटा उघोगका संञ्चालक प्रधानले जानकारी दिनुभएको छ । यसैबिच बर्षाका कारण इट्टा उद्योगमा काम गर्नेहरुलाई पनि बस्न समस्या भएको छ ।
तपाइँको प्रतिक्रिया