जिल्लामा सुनचादिँ व्यवशायिको संख्यामा बृद्धि हुदै

बिबेक भण्डारी माघ १० , केहि वर्षयता जिल्लामा सुनचादिँ व्यवशायिको संख्यामा बृद्धि हुदै गएको छ। जिल्लको नवलपरासी र नवलपुर क्षेत्रमा सुनचादि व्यवशाय बढ्दो छ । सुनचादि व्यवशायि संघ नवलपरासीका अध्यक्ष भिमसिंह विश्वकर्माका अनुसार जिल्लामा २ वर्षको अवधिमा करिव तिन सय सुन चादि पसलहरु स्थापना भएको बताउनुभयो । अध्यक्ष विश्वकर्माका अनुसार सुन चादिँ व्यवशायि संघमा आबद्ध भई प्रमाण पत्र लिएकाको संख्या तिन सय भए पनि गाउँ घरमा रहेका साना व्यवशायिको संख्या भने बढि रहेको बताउनुभयो । जिल्लामा सुनको कारोवार गर्न सरल र भौगोलिक दृष्टिकोणले पनि सुनचादिँ व्यवशाय राम्रो संघ संञ्चालन हुने हुदा जिल्लामा व्यवशाय गर्नेको संख्यामा बृद्धि भएको हो । यस्तै जिल्लको रजहरमा बिस वर्ष अगाडि देखि गंगा सुन चादिँ पसलको नाममा सुनचादिँ व्यवशाय गर्दे आउनुभएका हिकमत सिह गहतराजका अनुसार आफुले बिस वर्ष अधि व्यवशाय गर्दा जिल्ला करिव ६० वटा सुन चादिँ पसल भए पनि अहिले भने जिल्लाको विभिन्न स्थानमा व्यवशाय गर्नेको संख्या ह्वात्तै बढेको बताउनुभयो । सुनचादिँ व्यवशायि गहतराजका अनुसार पहिले कालिगढको रुपमा काम सिकि सके पश्चात युवाहरु बढि यसैमा लाग्ने र व्यवशाय संञ्भालन गर्न आवस्यक स्रोत साधन जुटाए पश्चात आफै व्यवशाय गर्ने हुदा पनि सुनचादिँ व्यवशायको संख्या बृद्धि भएको बताउनुभयो । जिल्लको परासी देखि गैडाकोट सम्म दर्ता भई संचालनमा रहेका सुनचादिँ पसलको संख्या तिन सय रहेको सुनचादि व्यवशायि संघ नवलपरासीले जनाएको छ।
तपाइँको प्रतिक्रिया