जिल्ला प्रहरी कार्यलय नवलपुरद्धारा ठूलो परिमाणमा लागु औषध नियन्त्रण / लागु औषध सहित दुई जना पक्राउ

साउन १९
जिल्ला प्रहरी कार्यलय नवलपुरले ठुलो मात्रामा लागु औषध नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी कार्यलय नवलपुरले आइतवार पत्रकार सम्मेलन गरि लागु औषध नियन्त्रण बारे जानकारी गराएको हो । प्रहरी कार्यलय नवलपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार आइतवार विहान राजमार्गमा चेक जाचँ गर्ने क्रममा छुट्टाछुट्टै स्थानबाट ३ सय ८० एम्पुल लागु औषध बरामद गरेको जानकारी गराउनुभयो । कास्की पोखरा २१ का जितेन के.सी. (कार्की) को सातबाट १८० एम्पुल र गोरखा शहिद लखन गाउँपालिका वडा नं ३ मनकामना घर भएका बिशाल थापाको साथबाट २ सय एम्पुल लागु औषध बरामद गरेको डिएसपी रानाभाटले बताउनु भयो । जिल्लामा पछिल्लो समय लागु औषध ओसार पोसार गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । भारतीय सिमा नजिक भएको कारण पनि लागु औषध गतिविधि सक्रिय भएको प्रहरीको भनाइ छ ।
भिडियो पनि हेर्नुहोस
तपाइँको प्रतिक्रिया