जुवातास खेल्ने ५ जना नगद सहित पक्राउ

गैँडाकोट, १६ जेठ ।
नवलपुरको कावासोती नगरपालिका वडा नं १ मा मा रहेको खाली कटेजमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज जुवातास खेलिरहेको अवस्थामा नगद रु २५ हजार ९ सय ७० रुपैया र ३ बुक तास सहित उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा कावासाती नगरपालिका वडा नं १ का ३२ वर्षका चक्र मोक्तान, ३२ वर्षका झवी अधिकारी, वर्ष ५५ का बलबहादुर गाहा र ४२ वर्षका राजु घिमिरे रहेका छन् ।
तपाइँको प्रतिक्रिया