जुवा तास खेलि रहेका ११ जनालाइ नगद १ लाख ४१ हजार सहित प्रहरीले नियन्त्रणमा

बिबेक भण्डारी ९ , नवलपरासी गैडाकोट न.पा.१७ नारायणी किनार स्थित न्यु होलिडे होटलबाट जुवा तास खेलिरहेको अवस्थामा मंगलवार विहान इलाका प्रहरी कार्यलय नवलपुरले नगद एक लाख एकचालिसहजार तिन सय पञ्चानब्बे रुपैया सहित ११ जनलाई नियन्त्रणमा लिएको छ । चाडपर्व नजिक भए संगै जुवा खेलिरहेका उनिहरुलाई मंगलवार विहान २ बजेको समयमा गैडाकोट नगरपालिका १७ बाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय नवलपुरले जानाएको छ । जुवा खेलि रहेको स्थानबाट ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया