जेष्ठ नागरीक सम्मान तथा सरोकारवालाहरु बिच अनुभव आदन प्रदान कार्यक्रम

सबिता तिवारी
चितवन, असार २२
जेष्ठ नागरीक संघ चितवनले आइतबार जेष्ठ नागरीक सम्मान तथा सरोकारवालाहरु बिच अनुभव आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब ३० जना जेष्ठ नागरीकहरुलाई छाता, रुदराक्षको माला, दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जि.स.सका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले जेष्ठ नागरीकको कदर गर्नु मानवीय धर्म भएको बताउदैं उक्त कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उप–प्रमुख पर्वती शाह ठकुरीले महानगरले पनि जेष्ठ नागरीकका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको र आगामी वर्षमा पनि जेष्ठ नागरीकलाई लक्षति गरी बिभन्न कार्यक्रमहरु आयोजन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् महानगरपालिका प्रवक्ता अरुणपिडित भण्डारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु , बिभिन्न आमा समुह संगै जेष्ठ नागरीक समुहका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियो । जेष्ठ नागरीक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया