जैविक विविधता संरक्षण तथा मध्यवर्ती क्षेत्रमा पर्यटन विकास तथा सचेतनाका लागी जलयात्राको शुरुवात

नवलपरासीको कावासोती १० मगरकोटका युवाहरुले गरेका छन ।मगरकोटको कृष्णसार मध्यवर्ती बन अन्तरगत पर्ने वाण खोलाबाट डुङगा सवार गरि गुन्दहहि खोलासम्म पुग्ने छ त्यहाबाट मध्यवर्ती बन क्षेत्रमा रहेका दुलर्भ बन्यतन्तु , चराचुरुङगी , जलचर , थलचर सबैको अवलोकनको व्यवस्था मिलाईएको छ ।साथै जलचर , थलचर सबैलाई फोहोरका कारण विनास हुने अवस्था सृजना हुने भएकाले वाणखोला तथा मध्यवर्ती क्षेत्रको सरसफाई , चोरी शिकारी नियन्त्रणकालागी समेत काम गर्ने जनाएका छन ।मगरकोटका युवाहरु आबद्ध संस्था वातावरण जनजनगरण मंच कावासोतीको पहलमा सो कार्यको थालनी गरिएको हो ।जलयात्राको आज एक कार्यक्रमकाबिच लामिचौर बन उपभोक्ता समितीका अध्यक्ष वासुदेव पौडेलले उद्घाटन गर्नुभएको छ ।ज्लयात्राको आज एक कार्यक्रमकाबिच उद्घाटन समेत गरिएको छ ।वातावरण जनजनगरण मंच कावासोतीका अध्यक्ष सुदन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लहाकार ऋषीकेश भट्राई , समाजसेवि नारायण तिमिल्सीना , प्रधान संरक्षक सरस्वती तिमिल्सीना , वालकृष्ण घिमिरे , कृष्ण तिवारी लगायत विभिन्न बन समुहका अध्यक्षहरु , बुद्धिजिवी समाजसेविहरुको सहभागिता रहेको थियो ।जलयात्राको उद्घाटन कार्यक्रम कृष्णसार मध्यवर्ती बन उपभोक्ता समितीको सभाहलमा भएको थियो भने समापन तथा अन्तरकृया कार्यक्रम अमलटारी मध्यवर्ती होम स्टेमा भएको थियो ।उद्घाटन कार्यक्रम पश्चात उपस्थिती सबैजनालाई मगरकोटदेखि अमलटारी हो स्टेसम्मको करीब ७ मिलोमिटरको दुरीसम्म्को डुङगा सयर गराई होम स्टेमा कार्यक्रमको समापन गरिएको थियो ।डुङगा सयरमा ३२ जनाको सहभागिता रहेको थियो ।समापन तथा अन्तरकृया कार्यक्रममा बोल्दै उपस्थती बक्ताहरुले स्थानीय युवाहरुले थालनी गरेको नया कामको प्रशसा गर्दै यसले मध्यवर्ती क्षेत्रको पर्यटन प्रबद्धनमा टेवा पुग्ने बताएका थिए ।सो कामकालागी चुनौतीहरु धेरै रहेकाले चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्ने र वातावरण संरक्षण , जैविक विविधताको संरक्षणको क्षेत्रमा स्थानीय सबैलाई जनचेतना जगाउनुपर्नेमा जोड दिएका थिए ।
इस्तै कार्यक्रममा जलयात्रा संगसंगै ,भविश्यमा वैल गाडा सफारी , र अन्य योजनाहरु समेत रहेको बताउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया