ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागी काठमाण्डौ लगियो (भिडियो सहित)

असोज ११
प्रकाश सिग्देल
‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको हो । युवाहरुको उक समुहको कुटाइबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा लगिएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।शाहीलाई यति एयरलाइन्स मार्फत अपरान्ह ३ः४० बजेको फ्लाईट मार्फत काठमाडौं लागिएको हो । शाहीलाई दिउँसो भरतपुरमा कुटपिट भएको थियो । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रममा नाराबाजि गरेका थिए । दोहोरो पक्षबिच झडप हुने अवस्था देखिएपछि प्रहरीले दुबै समुहलाई भगाएको थियो । लगतै शाहीमाथि कुटपिट भएको छ ।चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । कुट पिटमा निस्किएको युवाहरुको समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।
भिडियो
तपाइँको प्रतिक्रिया