ज्यानमारा बन्दै रत्ननगरको नमूना सडक, सडक निर्माण कम्पनि श्रेष्ठ कन्सट्रक्सनलाई कारवार्ही गर्न स्थानीयको माग

रत्ननगर, चितवन
साउन ११
रत्ननगर नगरपालिकाको टाडी चोक देखि निपनि चोक सम्मको नमूना सडकमा जस्तो बिजोग सायदै अरु सडकमा नहोला । यो सडकमा खाल्डो हो या खाल्डोमा सडक हो सवारी चालकलाई छुट्याउनै मुस्किल हुने गरेको छ । यो सडक भएर यात्रा गर्नेहरुले सडकमा जात्रा नै देख्न पाउँछन् । नयाँ सडक पिच निर्माण पुरा नहुँदै ठुला ठुला खाडल यो भन्दा बढि जात्रा कहाँ हुन्छ र यस्तो हुँदा पनि निर्माण कम्पनिलाई सडक निमार्णमा दवाब सृजना गर्न सरोकारवाला निकायको कुनै चासो छैन । सरोकारवाला निकाय मौन छन् । योे भन्दा ठुलो जात्रा के होला र ? सवारी चालकहरु प्रश्न गर्छन् ।
राज्यले संमृद्ध नेपाल सुखी नेपालीको नारा भजाई रहेको छ । तर पुर्व पश्चिम राजमार्गको चितवनको सौराहा छिर्ने मुख्य सडकको अवस्था यस्तो छ । यहि सडक हुदै सौराहा जाने हजारौ पर्यटकले एक पटक यात्रा गर्दैमा बुझ्ने छन् संमृद्ध नेपाल सुखी नेपालीको नारा कति सार्थक हुन्छ भन्ने कुरा ।
राज्यको मुख्य मार्ग पुर्व पश्चिम राजमार्ग त्यसमा पनि नेपालको तेस्रो पर्यटकिय नगरी चितवन र सौराहा प्रवेश गर्ने मुख्य सडक यसरी ज्यानमारा सडकका रुपमा बिकास भई रहदा राज्य भने २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने उद्धघोष गरिरहेको छ ।
जाबो १ किलोमिटर सडक बनाउन नसकेर पर्यटकलाई हरिबिजोग देखाउने यो राज्यले २०२० मा नेपाल आउने पर्यटकलाई यस्तै धराप सडक देखाएर नेपालको अन्र्तराष्टिय क्षेत्रमा थप बेइजत गर्न खोजेको यात्रुहरु बताउँछन् ।
काम भन्दा धेरै भाषण गर्ने र चर्का कुरा गर्न जाने सफल नेता भईने भन्ने भ्रम पालेका नेताकै कारण यत्तिका समय सम्म पनि सडक निर्माणले गति नपाएको र भ्रष्ट निमार्ण कम्पनिहरुले लापरबाहि गर्ने छुट पाएको स्थानीयहरुले बताए ।
यो सडक निमार्ण कार्य पुर्ण रुपमा सम्पन्न नहुँदै ठुला ठुला खाडल परेर यात्रा निकै जोखिम पुर्ण बनेको छ । रत्ननगर नगरपालिकाले नमूना सडक भनि नामाङ्ककरण गरेको यो सडक लाई स्थानीय र सवारी चालकले भने ज्यानमारा सडक भनि नामाङ्ककरण गर्न थालेका छन् । सडक डिभिजन कार्यालय चितवनले निमार्ण गरेको सो सडकको निमार्णको जिम्मा श्रेष्ठ कन्सट्रक्सनले पाएको हो । यो सडकका कारण दैनिक दर्जन बढि ठुला साना सवारी दुर्घटना हुने गरेको सवारी चालकहरुले बताएका छन् ।
यस्तो बिजोग अवस्था हुँदा पनि नगरपालिकाले सडक निमार्णमा सडक डिभिजन र निमार्ण कम्पनिलाई खबरदारी गर्न नसक्नु निकै दुखद कुरा भएको चालकहरु बताउँछन् ।
सडक बिभागले भने सडक मर्मत गर्नको लागि श्रेष्ठ कन्सट्रक्सनलाई पटक पटक आग्रह गरेको बताएको छ । श्रेष्ठ कन्सट्रक्सनले सडक निर्माणमा चरम लापरबाहि गरेको भन्दै उसलाई कारबार्ही गरी कालोसुचिमा राख्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।
यता रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भने स्थानीय निकायले यो सडक मर्मतमा केहि गर्न नसक्ने भन्दै उम्कने काम गर्नु भएको छ । आफुहरुले सडक बिभागलाई तत्कालै सडक मर्मत गरिदिन आग्रह गर्दै पत्राचार गरेको बताउँदै सडक आफनो अधिकारमा नपर्ने भन्दै आफुले सम्बन्धीत निकायलाई आग्रह मात्रै गर्न सक्ने तर्क गर्नु भयो ।
तपाइँको प्रतिक्रिया