झगडाको बिऊ नराखी सबै विषयमा एकैपटक सहमति गर्नुपर्छ :डा. भट्टराई

नयाँ शक्ति निर्माण अभियानका संयोजक ले सीमांकनसहित सबै विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताएका छन् । नयाँशक्ति निर्माण प्रचार अभियान कास्कीले बुधबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले झगडाको बिऊ नराखी सबै विषयमा एकैपटक सहमति गर्नुपर्ने बताए । उनले भने- ‘सहमति अंश/अंशमा गर्नु हुँदैन, दिगो शान्ति स्थापनाको लागि झगडाको बिऊ नराखी प्याकेजमै सहमति खोजिनु पर्दछ ।’पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र आन्दोलनरत पक्ष दुवै लचक भएर वार्ता, संबाद र सहमतिबाट नै समस्याको समाधान खोज्नुपर्ने बताए । उनले भने-‘वार्ता र संबाद गर्दा लेनदेन नगरी सहमतिमा पुग्न सकिदैन, माग्दा एक सय मागेपनि सहमतिमा ५०, ६० वा ७० मा सहमति हुन सक्छ, दुवै पक्षले यसलाई बुझ्न जरुरी छ ।’
एकीकृत नेकपा माओवादी छाडेर नयाँ शक्ति निर्माणमा लागेका भट्टराईले आगामि चैत सम्ममा नयाँशक्तिलाई पार्टीको रुप दिने बताए । ‘नयाशक्तिको सम्वन्ध विस्तार र प्रचार अभियान अहिले चलिरहेको छ । भट्टराईले भने-‘माघपछि विभिन्न तहका अभियन्ताहरुसहित सबैको उपस्थितिमा अन्तरिम संरचना निर्माण गरिनेछ ।’
भट्टराईले नयाँशक्तिले देश विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे । उनले युवा वर्गमा राजनीतिमा देखिएको वितृष्णालाई हटाएर उनीहरुलाई पनि राजनीतिको मूलधारमा ल्याएर देश विकासमा सरिक गराउने बताए । राजनीतिलाई फोहोरी खेल भनेर बुझ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै डा.भट्टराईले राजनीति बिना देश नबन्ने भएकाले यसलाई संग्ल्याउनुपर्नेमा जोड दिए ।
पढाईमा फेल भएका, सबै तिरबाट असफल र तिरस्कृतहरुले राजनीति गरेर भ्रष्टाचार गर्दा राजनीति बद्नाम भएको भन्दै उनले पढाईमा अब्बल, सबैतिर सफल भएकाहरु राजनीतिमा आउनुपर्ने बताए ।
तपाइँको प्रतिक्रिया