झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

२२ कात्तिक, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
मृत्यु हुनेमा बाहुनडाँगी-२ का ६० वर्षीय मनहरि ढुङ्गेल छन् । त्यस्तै, स्थानीय ६३ वर्षीय लम्बबहादुर प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । दुवैलाई घर नजिकै हात्तीले आक्रमण गरेको स्थानीयवासीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया